Kathmandu Press

सुनको भाउ एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो। हो इतिहासकै उच्च मूल्य हो।
सुनको भाउ एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, माघ १५ : नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाली बजारमा बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला २० हजार रुपैयाँ बढेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो। हो इतिहासकै उच्च मूल्य हो।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा तीन लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भैइरहेको छ । बुधबार ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

केही दिनयता नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरहँदा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर आम उपभोक्ताको खरिद क्षमतासँगै समग्र अर्थतन्त्रमा परेको छ ।

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, माघ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्