९ हजार ८ सय बढेर सुनको मूल्य तोलाकै तीन लाख १८ हजार पुग्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ हजार ८ सय रुपैयाँले बढेर तोलामा तीन लाख १८ हजार ८ सय सय रुपैयाँ पुगेको हो।
काठमाडौं, माघ १४ : नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ हजार ८ सय रुपैयाँले बढेर तोलामा तीन लाख १८ हजार ८ सय सय रुपैयाँ पुगेको हो।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै ,चाँदीको मूल्य पनि ७ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य तोलामा ६ हजार ८ सय ७० रुपैयाँ कायम भएको थियो।
प्रकाशित मिति: १२:२९ बजे, बुधबार, माघ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1764158548.png)








