Kathmandu Press

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो मूल्य?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार पुगेको हो।
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो मूल्य?

काठमाडौं, माघ १२ : नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार पुगेको हो।

Hardik ivf

हिजो आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो। पछिल्ला दिनमा निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो।

चाँदीको भाउ पनि आज बढेको छ। आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, माघ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्