Kathmandu Press

५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार

३३१ स्टकको कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस अवधिमा ३ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। 
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार

काठमाडौं, माघ ११ : साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य बढोत्तरीसहित बन्द भएको छ।

यसदिन नेप्से ५७.५५ अंकले बढेर २,७७२.१७ बिन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशतको वृद्धि हो। सेन्सेटिभ इण्डेक्स ८.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक बढेको छ।

Hardik ivf

३३१ स्टकको कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस अवधिमा ३ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। 

यो किनबेच १ लाख ३३ हजार ५२९ वटा कारोबारमा सम्पन्न भएको हो। आज कारोबार भएका कम्पनीमध्ये २४० वटाको शेयर मूल्य बढेको छ भने १९ वटाको घटेको छ। एक कम्पनीको शेयर मूल्य स्थिर रह्यो, जसले बजारमा व्यापक खरिद चाप देखिएको संकेत गर्छ।

९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०८५ को मूल्य यस दिन सर्वाधिक ५.८० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । आज यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, ग्रीन भेन्चर्सको साढे ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।

१३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति: १९:५७ बजे, आइतबार, माघ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्