स्पर्श लघुवित्तको आईपीओ जारी
काठमाडौं, फागुन २६ : स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । दुई लाख ६....

काठमाडौं, फागुन २६ : स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । दुई लाख ६९ हजार ६ सय ३० कित्ता आईपीओको लागि लागनीकर्ताले आइतबारदेखि आवेदन दिन पाउने छन् ।
आईपीओका लागि छिटोमा फागुन २९ र ढिलोमा चैत २५ गतेसम्म आवेदन दिन सकिने निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । न्यूनतम १० देखि अधिकतम एक हजार तीन सय ४० कित्तासम्म आवेदन दिन पाइने सानिमाले जनाएको छ ।
निष्कासन गरिएको आपीओमध्ये ०.५ प्रतिशत अर्थात चार हजार एक सय १८ कित्ता संंस्थाका कर्मचारी र पाँच प्रतिशत अर्थात १३ हजार चार सय ८२ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।
आईपीओ निष्कासनपछि संस्थाको चुत्तापुँजी बढेर आठ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्ने छ । पोखरामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको १० जिल्लामा कार्यक्षेत्र रहेको छ ।











-1754206481.jpg)