Kathmandu Press

सुनको मूल्य तीन लाख नाघ्यो

शुक्रबार सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले बढेको हो। योसँगै इतिहासमै पहिलो पटक सुनको मूल्य प्रतितोला तीन लाख नाघेको छ।
सुनको मूल्य तीन लाख नाघ्यो

काठमाडौं, माघ ९ : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ। 

शुक्रबार सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले बढेको हो। योसँगै इतिहासमै पहिलो पटक सुनको मूल्य प्रतितोला तीन लाख नाघेको छ।

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन शुक्रबार तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार ५ हजार ८ सय ७० रुपैयाँमा कारोवार भएको चाँदी आज ३२० रुपैयाँले बढेर ६ हजार १ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ।

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, माघ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्