टि–२० महिला विश्वकपको ग्लोबल छनोटमा नेपालको लागतार दोस्रो हार
नेपाली क्रिकेट दुई अनुभवी खेलाडी रुविना क्षेत्री र सीता रानामगरले राम्रो ब्याटिङ गरेपनि टिमलाई जित दिलाउन सकेनन्। अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा उनीहरुले १० रन मात्र बनाउन सके।
काठमाडाैं, माघ ८ : आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरोको छ।
बिहीबार टियू स्टेडियममा भएको खेलमा मिडअर्डर पुनः चल्न नसक्दा नेपाल नेदरल्यान्ड्ससँग २ रनको हार बेहोर्न बाध्य हो। १४१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १३८ रन मात्र बनाउन सक्यो।
नेपाली क्रिकेट दुई अनुभवी खेलाडी रुविना क्षेत्री र सीता रानामगरले राम्रो ब्याटिङ गरेपनि टिमलाई जित दिलाउन सकेनन्। अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा उनीहरुले १० रन मात्र बनाउन सके।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।
नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।
लगातार तेस्रो जित निकालेसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ।












