Kathmandu Press

टि–२० महिला विश्वकपको ग्लोबल छनोटमा नेपालको लागतार दोस्रो हार

नेपाली क्रिकेट दुई अनुभवी खेलाडी रुविना क्षेत्री र सीता रानामगरले राम्रो ब्याटिङ गरेपनि टिमलाई जित दिलाउन सकेनन्। अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा उनीहरुले १० रन मात्र बनाउन सके। 
टि–२० महिला विश्वकपको ग्लोबल छनोटमा नेपालको लागतार दोस्रो हार

काठमाडाैं, माघ ८ : आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरोको छ। 

बिहीबार टियू स्टेडियममा भएको खेलमा मिडअर्डर पुनः चल्न नसक्दा नेपाल नेदरल्यान्ड्ससँग २ रनको हार बेहोर्न बाध्य हो। १४१ रनको मध्यम लक्ष्य पछ्याएको  नेपालले ७ विकेटको क्षतिमा १३८ रन मात्र बनाउन सक्यो।

नेपाली क्रिकेट दुई अनुभवी खेलाडी रुविना क्षेत्री र सीता रानामगरले राम्रो ब्याटिङ गरेपनि टिमलाई जित दिलाउन सकेनन्। अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा उनीहरुले १० रन मात्र बनाउन सके। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।

लगातार तेस्रो जित निकालेसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ।

प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, माघ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्