Kathmandu Press

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ।
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड
Hardik ivf

काठमाडौं, माघ ५ : नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ। आइतबार २ लाख ७७ हजार ८ सय रूपैयाँमा कारोबार भएको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: १३:१६ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्