Kathmandu Press

नेप्से ३१ अंकले बढ्यो

आज ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ दशमलव ५९ को कारोबार भएको नेप्सेले जनाएको छ। 
नेप्से ३१ अंकले बढ्यो

काठमाडौं, माघ ४ : साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१.१२ अंकले बढेर दुई हजार ६७२.५५ को बिन्दुमा कायम भएको छ। यो १.१७ प्रतिशतको वृद्धि हो।

आज ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ दशमलव ५९ को कारोबार भएको नेप्सेले जनाएको छ। 

Hardik ivf

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी वित्त समूहको उपसूचक ५.७३ प्रतिशतले बढेको छ।

सागर डिस्टिलरी लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ८.७८ प्रतिशतले घटेको छ।
 
प्रकाशित मिति: १७:३३ बजे, आइतबार, माघ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्