Kathmandu Press

आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुने

सरकारका मन्त्री तथा स्थानीय कार्यपालिकाहरूले कुनै योजनाको शिलान्यास वा उद्घाटन गर्न पाउने छैनन्। नयाँ पद सिर्जना वा पदपूर्ति गर्न पाउने छैनन्। त्यस्तै, सरकारी भ्रमण क्रममा कुनै दलको प्रचार गर्न पाउने छैन।
आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं, माघ ४ : सोमबारबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ। 

निर्वाचन आयोगको आज बसेको बैठकले भोलिबाट आचारसंहिता लागू आज राति १२ बजे लागू गर्ने निर्णय गरेको हो।

Hardik ivf

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ताको अघिल्लो दिन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। माघ ६ गते प्रत्यक्षतर्फ मनोनयन दर्ताको कार्यक्रम छ।

आचारसंहिताले प्रचारप्रसार, उम्मेदवारले गर्ने गतिविधि, सरकारले गर्ने नियुक्ति र सञ्चार माध्यमहरूले प्रकाशन गर्ने समाचारहरूको अनुगमन गर्नेछ। निर्वाचन आचारसंहिताले सरकारी स्रोत–साधन दुरूपयोग गरेर कुनै पनि उम्मेदवारको पक्षमा प्रयोग गर्न रोक लगाएको छ।

सामाजिक सञ्जाल दुरूपयोगमा पनि रोक लगाइएको छ। त्यस्तै, गलत, भ्रामक सूचना, द्वेषपूर्ण अभिव्यक्ति वा एआई दुरूपयोग गरी प्रचारप्रसार गर्न रोक लगाइएको छ।

आचारसंहिताले निर्वाचन हुनुभन्दा ४८ घन्टाअघि मौन अवधि तोकेको छ। राजनीतिक दलले टिभी र रेडियोमा बढीमा दिनको चार पटक विज्ञापन गर्न पाउनेछन्। 

निर्वाचनका क्रममा उम्मेदवारले बढीमा दुई वटा गाडी र चार वटा घोडा प्रयोग गर्न पाउने छन्। निर्वाचनमा विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न रोक लगाइएको छ।

यस्तै, सरकारका मन्त्री तथा स्थानीय कार्यपालिकाहरूले कुनै योजनाको शिलान्यास वा उद्घाटन गर्न पाउने छैनन्। नयाँ पद सिर्जना वा पदपूर्ति गर्न पाउने छैनन्। त्यस्तै, सरकारी भ्रमण क्रममा कुनै दलको प्रचार गर्न पाउने छैन।

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, माघ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्