Kathmandu Press

मेयर बालेनले दिए राजीनामा

बालेनले आजैदेखि लागू हुने गरी उपमेयर सुनिला डंगोलसमक्ष राजीनामा दिएका हुन्।
मेयर बालेनले दिए राजीनामा

काठमाडौं, माघ ४ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।

मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन्। बालेनले आजैदेखि लागू हुने गरी उपमेयर सुनिला डंगोलसमक्ष राजीनामा दिएका हुन्।

उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्। 

आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। रास्वपाले उनलाई वरिष्ठ नेता र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार पनि बनाएको छ। 

8d218c7e-e860-47b4-946f-7263ec984234-1768730336.jpg
 

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, माघ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्