Kathmandu Press

सुन र चाँदी दुवैको मूल्यमा रेकर्ड, कति पुग्यो मूल्य?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ। योसँगै सुनको मूल्य हालसम्मकै उच्च २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ। 
सुन र चाँदी दुवैको मूल्यमा रेकर्ड, कति पुग्यो मूल्य?

काठमाडौं, पुस २९ : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको छ। 

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ। योसँगै सुनको मूल्य हालसम्मकै उच्च २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ। 

सोमबार सुनको मूल्य तोलमा ४१ सय रुपैयाँले बढेको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेको छ। यससँगै एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। यो पनि हालसम्मकै उच्च मूल्य हो। 

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५८८ र त्यति नै परिमाणको सेतो धातु ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: ११:३६ बजे, मंगलबार, पुस २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्