Kathmandu Press

सुनको मूल्यमा तोलामा ४१ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो। आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यमा तोलामा ४१ सयले बढ्यो

काठमाडौं, पुस २८ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो। आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेको छ। यससँगै एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ। 

प्रकाशित मिति: १२:२६ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्