Kathmandu Press

मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो

तथ्याङकले ०८२ साल असारसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी मुद्रा सञ्चिति १९.६ प्रतिशतले बढेको देखाएको छ।
मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो

काठमाडौं, पुस २५ : नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको तथ्य उजागर गरेको छ।

तथ्याङकले ०८२ साल असारसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी मुद्रा सञ्चिति १९.६ प्रतिशतले बढेको देखाएको छ।

 हाल कुल ३२ खर्ब एक अर्ब ४७ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति छ। जसमध्ये अमेरिकी डलरको सञ्चिति २२ अर्ब १३ करोड छ । ०८२ असारसम्म अमेरिकी डलरको सञ्चिति १९ अर्ब ५० करोड थियो। 

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकमा २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ छ । राष्ट्र बैंकको तथ्यांकले अरू बैंक तथा वित्तीय संस्थासँग तीन खर्ब ३५ अर्ब रुपैयाँ रहेको औंल्याएको छ। 

केन्द्रीय बैंकको तथ्यांक अनुसार यस्मा भारतीय मुद्रा २२.२ प्रतिशत रहेको छ।
 


 

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, पुस २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्