Kathmandu Press

पाँच महिनामा ८ खर्ब, ७० अर्ब, ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो 

०८२/८३ को पाँच महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ। मंसिरमा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। 
पाँच महिनामा ८ खर्ब, ७० अर्ब, ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो 

काठमाडौं, पुस २५ : चालु आर्थिक वर्षको पाँच महिनामा आठ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। 

०८२/८३ को पाँच महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ। मंसिरमा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। 

Hardik ivf

अघिल्लो आवको सोही महिनामा एक खर्ब १८ अर्ब ७९ करोड मात्रै थियो। उक्त अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो। 

तथ्याङक अनुसार यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिनेको संख्या एक लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार ९२४ छ। 

अघिल्लो वर्षको सोही अवधिमा क्रमशः एक लाख ९० हजार ३८४ र एक लाख ३५ हजार ४२५ थियो। 

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, पुस २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्