Kathmandu Press

टि–२० विश्वकपका लागि नेपाली टिमको घोषणा, शेर मल्ल पहिलो पटक टिममा, कुशल मल्ल परेनन्

टिममा अघिकांश पुरानै अनुहार छन् भने भर्खरै सम्पन्न एनपिएलमा राम्रो प्रर्दशन गरेका केही खेलाडी पनि समेटिएका छन्।
टि–२० विश्वकपका लागि नेपाली टिमको घोषणा, शेर मल्ल पहिलो पटक टिममा, कुशल मल्ल परेनन्

काटमाडौं, पुस २२ : भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टि–२० विश्कवपका लागि नेपाली टिम घोषणा भएको छ। 

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले करिब २ साता लामो प्रशिक्षण पश्चत रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेका छन्। 

टिममा अघिकांश पुरानै अनुहार छन् भने भर्खरै सम्पन्न एनपिएलमा राम्रो प्रर्दशन गरेका केही खेलाडी पनि समेटिएका छन्।

Hardik ivf

युवा मिस्ट्री स्पिनर शेर मल्लले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। एनपिएलमा लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका उनी सोही आधारमा विश्वकपको टिममा परेका हुन्। 

यस्तै, बासिर अहमदले पनि टिममा पुनरागमन गरेका छन्। टि–२० विश्वकपको इस्ट एसिया प्यासिफिक छनोटमा टिममा नरहेका बासिरलाई पनि एनपिएलमा गरेको पदर्शनकै आधारमा टिममा राखिएको हो। 

यता, एनपिएलमै राम्रो प्रदर्शन गरेका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, मिडियम पेसर अविनाश बोरहराले भने टिममा स्थान बनाउन सकेनन्। दुवै सुदूरपश्चिम रोयल्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। उनीहरु दुवै टिममा पुनरामगन गर्ने अपेक्षा थियो।

यस्तै, राष्ट्रिय टिमका नियमित सदस्य कुशल मल्ल पनि विश्वकपको टिममा स्थान बनाउन असफल भए। खराब फर्मका कारण उनी टिममा नसकेका हुन्। उनको एनपिएल सामान्य मात्र थियो।

बन्द प्रशिक्षणमा रहेका भीम सार्की, प्रतिश जिसी, साहब आलम, इशान पाण्डे, रुपेश सिंह टिममा अटाउन सकेनन्।

नेपाली टिमः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, सन्दीप जोरा, आरिफ सेख, बासिर अहमद, गुल्सन झा, लोकेश बम, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शेर मल्ल, सन्दीप लामिछाने।

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्