Kathmandu Press

नेप्से ९.९३ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो

सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ। नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ।
नेप्से ९.९३ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो

काठमाडौं, पुस २२ : मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो।

सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ। नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ।

Hardik ivf

सोमबार ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३३४ वटा स्टकको ८८ हजार ३६२ पटकको कारोबारमार्फत ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ।

शेयरमूल्य वृद्धितर्फ यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतले उक्लिएको छ भने हिमालयन ८०–२० को इकाईमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ। यता, रुरु जलविद्युत परियोजनाको शेयरमूल्य भने सर्वाधिक ८.४१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको मंगलबार २४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

त्यसैगरी, बुटवल पावर कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये मंगलबार ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्