Kathmandu Press

कांग्रेस सभापति देउवा र महामन्त्रीद्वयबीचको भेटघाट स्थगन

आज अपराह्न ५ बजेका लागि भेट्ने तय भएको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि राखेर भेट्ने तयारी गरिएको थियो। 
कांग्रेस सभापति देउवा र महामन्त्रीद्वयबीचको भेटघाट स्थगन

काठमाडौं, पुस १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माविचको भेटघाट स्थगन गरिएको छ। 

आज अपराह्न ५ बजेका लागि भेट्ने तय भएको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि राखेर भेट्ने तयारी गरिएको थियो। 

आज सभापति देउवाको कार्यव्यस्तताका कारण भेटघाट स्थगित गरिएको हो। पुनः भेटघाट हुने वा नहुने बिषयमा भने कुनै टुंगो लागेको छैन। 

यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भन्दै पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपस्थित ‘हल बुक’ गरिसकेका छन्। 

प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, पुस १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्