Kathmandu Press

प्रधानमन्त्रीसँगको वर्तापछि दुर्गा प्रसाईंले भने– गम्भीर तरिकाले कुरा राखेको छु, सहमति नभए आन्दोलनमा जान्छौं

‘मैले गम्भीर तरिकाले कुरा राखेको छु। उहाँहरूले आइतबारसम्म समय माग्नुभएको छ, त्यसदिनसम्म सहमति नभए आन्दोलनमा जान्छौं। जसमा जेनजीको सरकारले अहिले ११ सय जेनजीहरुलाई थुनामा राखेको छ। यसमा मैले सरकारलाई प्रश्न गरेको छु–गर्न खोजेको के भनेर?,’ उनले भने।
प्रधानमन्त्रीसँगको वर्तापछि दुर्गा प्रसाईंले भने– गम्भीर तरिकाले कुरा राखेको छु, सहमति नभए आन्दोलनमा जान्छौं

काठमाडौं, पुस १७ : प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए।

Hardik ivf

भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रसाईंले वार्ता सकारात्मक भएको बताएका छन्। वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।

यसैगरी सरकार र प्रसाईं समूहबीच आइतबार सम्झौता गर्ने सहमति भएको छ। वार्तापछि पत्रकारसँग बोल्दै प्रसाईंले आइतबारसम्म सरकारले समय मागेको दाबी गरे।

‘मैले गम्भीर तरिकाले कुरा राखेको छु। उहाँहरूले आइतबारसम्म समय माग्नुभएको छ, त्यसदिनसम्म सहमति नभए आन्दोलनमा जान्छौं। जसमा जेनजीको सरकारले अहिले ११ सय जेनजीहरुलाई थुनामा राखेको छ। यसमा मैले सरकारलाई प्रश्न गरेको छु–गर्न खोजेको के भनेर?,’ उनले भने।

यसैगरी उनले आफूहरुको अन्तिम म्यान्डेट घर–जग्गा लिलाम गर्न नहुने, सुकुम्बासी बन्ने अवस्थाको अन्त्य हुनुपर्ने माग राखेको सुनाए । यसैगरी उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान नसक्ने बताए।

‘हाम्रो अन्तिम म्यान्डेट ठूलो छैन, मागहरु ठूला छैनन् । घर–जग्गा लिलाम नगरिदेउ, सुकुम्बासी नबनाइदेउ, तिर्ने मौका देउ भनेका हौं। भदौ २३ र २४ गतेको घटनाका मान्छेहरुलाई जसले ‘कु’ गरेका छन् तिनीहरुलाई कारवाही गर भनेका हौं,’ उनले भने, ‘जसले भ्रष्टाचार गरेका छन् तिनीहरुलाई कारवाही गर भनेका हौं। तर सरकारले गर्न सक्दैनौं भन्यो भने आशा मार्दा हुन्छ, त्यसको आशै नगर्दा हुन्छ।’

प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, पुस १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्