Kathmandu Press

सिंहदरबारमा दुर्गा प्रसाईंसँग वार्ता 

मन्त्री खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच सिंहदरबारमा भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेको छ।
सिंहदरबारमा दुर्गा प्रसाईंसँग वार्ता 
फाइल तस्बिर।

काठमाडौं, पुस १७ : सिंहदरबारमा सरकार र नागरिक बचाऊ अभियानबीच वार्ता भएको छ। 

सरकार र अभियानका विच भएको वार्ता सकारात्मक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन्। 

Hardik ivf

मन्त्री खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच सिंहदरबारमा भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेको छ। शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्र्दभमा सहमति समेत भएको मन्त्री खरेलले जानकारी दिए। 

‘वार्ता सकारात्मक छ। संविधान र कानुनअन्तर्गत रहेर उहाँहरूको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ। उहाँहरूको मागबारे केस्राकेस्रा छलफल भएको छ,’ उनले भने, ‘सरकारको दायरा र जिम्मेवारीअन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ।’

प्रधानमन्त्री कार्कीले अभियानले राखेका मागलाई गम्भीर चासोका साथ लिएको जनाइएको छ। सिंहदरबारमा भएको छलफलमा अभियानले आफ्ना मागप्रति सरकारको ध्यानार्कषण गराएको थियो। 

प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, पुस १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्