Kathmandu Press

केपी ओलीलाई पत्र काट्ने चाँजबुझ आयोगको तयारी

बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिए।
केपी ओलीलाई पत्र काट्ने चाँजबुझ आयोगको तयारी

काठमाडौं, पुस १७ : भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ।

बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिए।

उनले प्रधानमन्त्री कार्कीले काम कहाँसम्म पुग्यो भन्नेबारे जिज्ञासा राख्नुभएको र आफूले जानकारी गराएको बताए। उनले एक महिना समय थप भएको र सोही समयभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा आफू रहेको पनि जानकारी दिए ।

यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो।

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, पुस १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्