प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज निर्णायक वार्ता
वार्तामा सरकार पक्षबाट प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरु पनि सहभागी हुँदैछन्। नागरिक बचाउ अभियानका तर्फबाट अध्यक्ष प्रसाईंसहित अन्य प्रतिनिधिहरु पनि उपस्थित हुँदैछन्।
काठमाडौं, पुस १७ : प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानबीच आज पनि वार्ता हुँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ बजे सरकार र प्रसाईं पक्षबीच वार्ता तय भएको छ। वार्तामा सरकार पक्षबाट प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरु पनि सहभागी हुँदैछन्। नागरिक बचाउ अभियानका तर्फबाट अध्यक्ष प्रसाईंसहित अन्य प्रतिनिधिहरु पनि उपस्थित हुँदैछन्।
यसअघि पुस १ गते प्रसाईं समूहले सरकारद्वारा गठित वार्ता समितिसँग वार्ता मएको थियो। आज निर्णायक वार्ता हुन थालेको जनाइएको छ । पुस १५ गते पनि प्रसाईंले प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए।
त्यतिबेला कार्कीले प्रसाईंलाई मुलुकमा शान्ति र दिगो लोकतन्त्र स्थापनाका लागि फागुन २१ का लागि तय गरिएको निर्वाचनमा सहयोग गर्न आग्रह गरेकी थिइन्।
प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, पुस १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












