अंग्रेजी नयाँ बर्षसँगै देशभर राष्ट्रिय पोसाक र टोपी दिवसको रौनक
काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा भेला भएका सयौँ युवा तथा संस्कृतिप्रेमीहरूले नेपाली पहिचान झल्काउने पोसाक लगाएर यस दिवसलाई उत्सवको रूपमा मनाएका छन्।
काठमाडौं, पुस १७ : नयाँ वर्ष २०२६ को पहिलो दिन देशभर राष्ट्रिय पोसाक र टोपी दिवस मनाइएको छ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ टापी दिवस बनाइएको हो। काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा भेला भएका सयौँ युवा तथा संस्कृतिप्रेमीहरूले नेपाली पहिचान झल्काउने पोसाक लगाएर यस दिवसलाई उत्सवको रूपमा मनाएका छन्।
विभिन्न युवा संस्थाहरूको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा सहभागीहरू मौलिक नेपाली पोसाक दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीमा सजिएका थिए।

मौलिक बाजागाजासहित नाचगान गर्दै उनीहरूले नेपाली टोपी र राष्ट्रिय पोसाकको महत्वका बारेमा जनचेतना फैलाएका थिए।
नेपाली मौलिक पहिचानका प्रतीक मानिने राष्ट्रिय पोसाकको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०७० देखि टोपी दिवस अभियान सुरु गरिएको हो। हरेक वर्ष जनवरी १ तारिखलाई ‘टोपी दिवस’ का रूपमा मनाउने क्रम बढेसँगै यसले विशेषगरी युवा पुस्तामाझ लोकप्रियता कमाएको छ।

![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










