Kathmandu Press

सफारी चालकको मृत्यु पछि लौकहीमा तनाव, राजमार्ग अवरुद्ध

स्थानीयले शव नै सडकमा राखेर प्रदर्शन गरिरहेका कारण पूर्व–पश्चिम राजमार्गमा ठूला सवारी साधानको आवागमन ठप्पा भएको छ। 
सफारी चालकको मृत्यु पछि लौकहीमा तनाव, राजमार्ग अवरुद्ध

सुनसरी, पुस १७ : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको घटनाले सुनसरीको लौकही क्षेत्र तनावग्रस्त बनेको छ। 
को छ ।

कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर बुधबार राति स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।

Hardik ivf

उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए। घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई दुई राउण्ड गोली लागेको छ।

साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका छन्। स्थानीयले शव नै सडकमा राखेर प्रदर्शन गरिरहेका कारण पूर्व–पश्चिम राजमार्गमा ठूला सवारी साधानको आवागमन ठप्पा भएको छ। 

स्थानीयले सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका छन्। स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्, प्रहरीले भिड तितरबितर पार्न हवाई फायर गरेको छ।

सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीले सीमावर्ती क्षेत्रबाट दुई–तीन वटा सिटी सफारी तथा अटो रिक्सामा चोरीतस्करी गरी मालसामान ल्याउँदै गर्दा प्रहरीसँग दोहोरो भिडन्त भएको दाबी गरेको छ। 

तस्करीमा संलग्नहरुले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा शाहको मृत्यु भएको बराह बाहिनी पकलीले बताएको छ। 


 

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, पुस १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्