Kathmandu Press

राजनीतिक स्थिरता र समृद्धितर्फ राष्ट्रिय एकताका लागि दाहालको आह्वान

उनले विभिन्न कालखण्डका संघर्षमा सहिद, बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्न अपील गरेका छन्।
राजनीतिक स्थिरता र समृद्धितर्फ राष्ट्रिय एकताका लागि दाहालको आह्वान

काठमाडौं, पुस १७ : अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत उनले नयाँ वर्षले नयाँ आशा, ऊर्जा र संकल्पसहित देशलाई राजनीतिक स्थिरता, शान्ति, समृद्धि र सफलताको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेका हुन्।

Hardik ivf

उनले विभिन्न कालखण्डका संघर्षमा सहिद, बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्न अपील गरेका छन्।

संयोजक प्रचण्डले सन् २०२५ मा देखिएको जेनजी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ संकेत दिएको उल्लेख गर्दै यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको बताएका छन्। साथै, संविधान निर्माणका क्रममा फरक मतका रूपमा अघि सारिएका एजेन्डाहरूको औचित्य पनि पुष्टि भएको उनको भनाइ छ।

वर्तमान तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै सामाजिक न्याय, आर्थिक समृद्धि र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेर समृद्धिसहित समाजवादको यात्रा सम्भव रहेको उल्लेख गर्दै उनले नयाँ वर्ष २०२६ ले सबैको जीवनमा सुख, स्वास्थ्य र सफलता ल्याओस् भन्ने कामना गरेका छन्।

प्रकाशित मिति: ११:१० बजे, बिहीबार, पुस १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्