Kathmandu Press

लिचीबारी प्रकरणमा पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश 

न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले केही बेरअघि थुनामा पठाउने आदेश दिएको हो। अहिले गुप्तालाई कारागार चलान गर्न कागजी प्रक्रिया अघि बढाइएको छ। 
लिचीबारी प्रकरणमा पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश 

काठमाडौं, पुस १६ : पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा तत्कालिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले केही बेरअघि थुनामा पठाउने आदेश दिएको हो। अहिले गुप्तालाई कारागार चलान गर्न कागजी प्रक्रिया अघि बढाइएको छ। 

Hardik ivf

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

गत असोज २२ गते पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। भ्रष्टाचार प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्व मन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी थिइन्। 

उक्त प्रकरणमा आजै थुनछेक बहस सकिएको थियो। गुप्ता र श्रेष्ठबिचको अडिओ बाहिरिएपछि अख्तियारले अनुसन्धान शुरु गरेको थियो। 

प्रकाशित मिति: १८:१९ बजे, बुधबार, पुस १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्