सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ : मन्त्री खरेल
उनले निर्वाचन हुँदैनकी भन्ने दुविधाको अन्त्य भएको तथा सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको बताएका हुन्।
काठमाडौं, पुस १६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले निर्वाचन हुँदैनकी भन्ने दुविधाको अन्त्य भएको तथा सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको बताएका हुन्।
‘मुलुक निर्वाचनमय भएको छ। फागुन २१ गतेको निर्वाचन सुनिश्चित छ। निर्वाचन हुँदैनकी भन्ने दुबिधाको अन्त्य भएको छ,’ उनले भने, ‘सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ। सरकारको दरिलो साथ निजी क्षेत्रलाई छ। उद्योग, व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षा हाम्रो साझा प्रतिबद्धता सबैको प्राथमिकतामा हुनुपर्छ।’
मन्त्री खरेलले उद्योग, व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षामा सबैको साझा प्रतिबद्धता हुनुपर्ने बताए।
प्रकाशित मिति: १८:०७ बजे, बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










