Kathmandu Press

जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन : माधव नेपाल

उनले दुई तिहाई सरकार छ भनेर स्थायित्व आयो भन्ने अवस्था पनि नरहेको भन्दै यसले घमण्डि नेताहरु, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास र नीतिको निरन्तरतामा समस्या खडा गर्ने प्रवृत्ति बढ्ने बताए।
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन : माधव नेपाल

काठमाडौं, पुस १६ : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले भदौ २४ गतेको घटनामा तोडफोड गर्ने तोडफोडकारीको पहिचान भएपनि कारबाही नभएको बताएका छन्।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले २४ गतेको घटना अत्यन्तै आपत्तिजनक भएपनि त्यो घटनामा सहभागी मानिसको पहिचान भएपनि कारबाही नहुनु झन् बढी गम्भिर विषय भएको बताए।

Hardik ivf

उनले यस्तो कामले सरकारमाथि पनि प्रश्न खडा भएको भन्दै प्रधानमन्त्रीको ध्यान आकर्षण गरेका छन्।

‘२४ गतेको घटना जुन भएको छ। त्या अत्यन्तै आपत्तिजनक र दण्डनिय छ। म प्रधानमन्त्रीलाई भन्न चहान्छु त्यसप्रति सरकार गम्भिर देखिएन्, उद्धार देखिएको छ । यो उद्धार देखिनु धेरै नै गम्भिर कुरा पनि हो,’ उनले भने, ‘भिडियोले देखाइ रहेको छ, तोडफोड गर्ने तोडफोडकारी को को हुन् थाहा भईरहेको छ तर गिरफ्तार हँुदैनन्, दण्डित हुँदैनन्। चोरी गरेर लगेर राखेको छ, चोरीको सामान देखिएको छ तर त्यसलाई कुनै सजाय दिइँदैन्।’

उनले दुई तिहाई सरकार छ भनेर स्थायित्व आयो भन्ने अवस्था पनि नरहेको भन्दै यसले घमण्डि नेताहरु, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास र नीतिको निरन्तरतामा समस्या खडा गर्ने प्रवृत्ति बढ्ने बताए।

वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने कुराको साथै केही संरचनाहरुमा सुधारमा समय दिनुपर्ने रहेको पनि उनको भनाई छ।

प्रकाशित मिति: १७:५८ बजे, बुधबार, पुस १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्