Kathmandu Press

देशमा अन्योलको अवस्था छैन, चुनाव हुन्छ : प्रचण्ड 

‘अब त देशमा अन्योल छैन भन्ने हामी सबैलाई लागेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु । तपाईंहरूलाई निकै अप्ठ्यारो भएको महसुस हामीले गरेका थियौँ, अब निर्वाचनको वातावरण बनाउनु भयो,’ प्रचण्डले भने।
देशमा अन्योलको अवस्था छैन, चुनाव हुन्छ : प्रचण्ड 

काठमाडौं, पुस १६ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा अन्योलको अवस्था नरहेको बताउँदै चुनाव हुने बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय संवादलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनाई राखेका हुन्। प्रचण्डले संकटको समाधान सर्वपक्षीय सहमतिबाटै सम्भव हुने बताए। 

Hardik ivf

‘अब त देशमा अन्योल छैन भन्ने हामी सबैलाई लागेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु । तपाईंहरूलाई निकै अप्ठ्यारो भएको महसुस हामीले गरेका थियौँ, अब निर्वाचनको वातावरण बनाउनु भयो,’ प्रचण्डले भने।

उनले चुनावमा गए पनि सहमतिबाटै जानुपर्ने बताए । शान्ति, स्थायित्व र समृद्धिका विषयमा धेरै भाषणभन्दा व्यवहारिक काम आवश्यक रहेको भनाई उनको थियो। साथै, प्रचण्डले आफू प्रधानमन्त्री हुँदा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गरेको भनाई पनि राखे। 

उनले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी त्यसमार्फत प्राप्त जनादेशका आधारमा संविधान र कानुनका सीमा तथा कमीकमजोरी संशोधन गर्ने प्रतिबद्धता गर्ने बिषय चुरो कुरा रहेको भनाई प्रचण्डको थियो। 

अर्को प्रसङगमा संविधान निर्माणका बेला १० वर्षपछि पुनरावलोकन गर्ने सहमति भएको पनि प्रचण्डले बताए। ‘त्यो समय पूरा भइसकेको छ । जेनजी पुस्ताले समेत यही माग उठाइरहेका हुन्,’ उनले भने। 

प्रकाशित मिति: १७:२१ बजे, बुधबार, पुस १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्