Kathmandu Press

सहकारी ठगी मुद्दामा कास्की अदालत पुगेर लामिछानेले तारिख लिए

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलेले लामिछानेसहित ६३ जनालाई विपक्षी बनाएर पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्धा दायर गरेको छ।
सहकारी ठगी मुद्दामा कास्की अदालत पुगेर लामिछानेले तारिख लिए

काठमाडौं, पुस १६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणसम्वन्धी मुद्दामा कास्की जिल्ला अदालत पुगेर तारिख लिएका छन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्धामा तारिख बुझेका हुन्। यसअघि गत पुस ९ गते नख्खु कारागारबाट थुनामुक्तपछि लामिछाने कास्की जिल्ला अदालत हाजिर भएका थिए। 

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलेले लामिछानेसहित ६३ जनालाई विपक्षी बनाएर पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्धा दायर गरेको छ।

सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ । लामिछाने विरुद्ध पोखराको सुर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको बचत रकम अवैध तरिकाले गोर्खा मिडिया नेटवर्क मार्फत ग्यालेक्सी टेलिभिजनमा लगेको अभियोग लगाइएको छ। 

जिल्ला अदालत कास्कीले थुनछेक वहसपछि आदेश जारी गर्दै लामिछानेलाई धरौटीमा तारिखमा छाडेको थियो । लामिछानेले त्यतिबेला अदालतमा ६५ लाख रुपैया धरौटी राखेर छुटेका थिए । 

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, पुस १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्