Kathmandu Press

दुई राप्रपाबीच आज एकता घोषणा

दुई पार्टीबीच एकता घोषणा सभा आयोजना गरिएको छ। दुई अध्यक्षका बीच गत ९ पुसमै एकता घोषणाको सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ। 
दुई राप्रपाबीच आज एकता घोषणा

काठमाडौं, पुस १६ : राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा, नेपाल बीच आज एकता घोषणा भएको छ। 

दुई पार्टीबीच एकता घोषणा सभा आयोजना गरिएको छ। दुई अध्यक्षका बीच गत ९ पुसमै एकता घोषणाको सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ। 

अहिले एकताका लागि कार्यक्रम चलिरहेको छ। पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वध्यक्ष थापा ०७८ सालमा राप्रपाबाट अलग भएका थिए। 

थापाले ०७८ फागुन ७ गते राप्रपा, नेपाल पार्टी गठन गरेका थिए।

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, पुस १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्