Kathmandu Press

इपिएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी आन्दोलित

उनीहरुले इपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाइउनका लागि पनि माग गरेका छन्।
इपिएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौं, पुस १६ : पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीहरुले आन्दोलन गरेका छन्। 

बुधबार एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गर्न माग गर्दै ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन्।

उनीहरुले इपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाइउनका लागि पनि माग गरेका छन्।

photo-13_3860453a-1767169121.jpg

लामो समय कुर्न बाध्य भएका पीडितहरूका लागि विशेष राहत तथा छुट व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ।

प्रक्रियामा ढिलाइ हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक÷मानसिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरुको माग छ।

photo-10_46d60abc-1767169262.jpg

photo-8_20d3f4f8-1767169262.jpg

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, पुस १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्