Kathmandu Press

ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली

मोर्चाबन्दीले एमालेलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे।
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली

काठमाडौं, पुस १५ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्।

‘नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदका सहमति गरेर भन्ने खबर आफूले सुनेको उल्लेख गर्दै एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरे।

Hardik ivf

‘जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन,’ उनले भने। मोर्चाबन्दीले एमालेलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे।

संसद् पुनःस्थापना आफूहरूको प्राथमिकता रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक निकासको सोही बाटो अपनाउनुपर्नेमा जोड दिए।

एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लोकतन्त्र र मुलुकको रक्षाका लागि वामपन्थी र लोकतन्त्रवादीहरू मिलेर जानुपर्ने बताए। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भदौ २३ र २४ को घटनापछि पुराना रु ठूला दलका  नेतालाई छानी छानी आक्रमण गर्ने प्रवृत्ति गलत भएको बताए। 

प्रकाशित मिति: २०:२८ बजे, मंगलबार, पुस १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्