Kathmandu Press

ओलढुंगाको भदौरेमा मगर दम्पतीको विभत्स हत्या

प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। प्रारम्भिक अनुसन्धानबाट मगर दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाइएको छ। 
ओलढुंगाको भदौरेमा मगर दम्पतीको विभत्स हत्या

ओखलढुंगा, पुस १५ : ओखलढुङ्गामा दम्पतीको विभत्स हत्या भएको छ। चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा ६० वर्षका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या भएको हो। 

प्रहरीका अनुसार उनीहरुको गएराति हत्या भएको हो। बिहान अबेरसम्म घरबाट बाहिर ननिस्किएपछि छिमेकी घरभित्र प्रवेश गर्दा दुवै जनाको शव फेला परेको थियो।

Hardik ivf

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। प्रारम्भिक अनुसन्धानबाट मगर दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाइएको छ। 

प्रहरीले अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय, धरानबाट तालिम प्राप्त कुकुर मगाइएको छ। दोषी पहिचानका लागि छानबिन शुरु भइसकेको छ। 

कस्ले किन हत्या गर्यो भन्ने बिषयमा सबै सम्भावित कोणबाट छानविन शुरु गरिएको प्रहरीले बताएको छ। अहिले घटनास्थल भदौरे क्षेत्रका स्थानियमा सन्त्रास फैलिएको छ। 

प्रकाशित मिति: २०:०१ बजे, मंगलबार, पुस १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्