कांग्रेसको समानुपातिक सूची नयाँ अनुहार, पूर्व र वर्तमान राष्ट्रपतिका छोराछोरी पनि
पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोरा डा.चन्द्रमोहन यादव र राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम समानुपातिक सूचीमा परेको छ।
काठमाडौं, पुस १५ : नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा यसपल्ट नयाँ उम्मेदवारलाई स्थान दिएको छ।
पुराना नेतामा अर्जुननरसिंह केसी, भीमसेनदास प्रधान र सहमहामन्त्री भीष्मराज आङ्दम्बे समेटिएका छन्। नुवाकोट–१ बाट निर्वाचन लड्दै आएका केसी समानुपातिक उम्मेदवार बनेका छन्।
यसअघिको चुनावमा प्रधान काठमाडौँ–६ बाट प्रत्यक्ष निर्वाचनमा प्रतिश्पर्धा गरेका थिए। आङ्दम्वे पनि पाँचथरबाट चुनावमा प्रतिश्पर्धा गरेका थिए। समानुपातिकतर्फ कांग्रेसले ११० जनाको सूची बुझाएकोमा यी तीनजनाबाहेक नयाँले मौका पाएका छन्।
यसपल्ट समानुपातिकमा पूर्वराष्ट्रपति र बहालवाला राष्ट्रपतिका छोराछोरीलाई पनि प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारमा समेटिएको छ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोरा डा.चन्द्रमोहन यादव र राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम समानुपातिक सूचीमा परेको छ।
यता, केन्द्रीय सदस्य बलबहादुर केसी पत्नी रिना उप्रेतीको नाम पनि समाुनपातिकतर्फको उम्मेदवारमा रहेको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










