Kathmandu Press

कांग्रेस लोकतान्त्रिक पार्टी हो, हार्न तयार छ तर निर्वाचनबाट भाग्दैन : नेता डा. काेइराला

‘हामी निर्वाचनबाट भाग्दैनौं, एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्नसक्छ तर निर्वाचनबाट हामी भाग्दैन। निर्वाचनका लागि सरकारले केही काम त गर्नुपर्‍यो । शान्ति सुरक्षा त दिनसक्नुपर्‍यो,’ नेता कोइरालाले भने।
कांग्रेस लोकतान्त्रिक पार्टी हो, हार्न तयार छ तर निर्वाचनबाट भाग्दैन : नेता डा. काेइराला

काठमाडाैं, पुस १५ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन्। 

मंगलबार मोरङ समाज काठमाडौंको २६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले बरु हार्न तयार हुने, तर निर्वाचनबाट नभाग्ने स्पष्ट पारे।

Hardik ivf

‘हामी निर्वाचनबाट भाग्दैनौं, एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्नसक्छ तर निर्वाचनबाट हामी भाग्दैन। निर्वाचनका लागि सरकारले केही काम त गर्नुपर्‍यो । शान्ति सुरक्षा त दिनसक्नुपर्‍यो,’ नेता कोइरालाले भने।

उनले निर्वाचनका लागि आवश्यक सरकारले वातावरण बनाउन नसकेको टिप्पणीसमेत गरे । नेता कोइरालाले भने, ‘अहिले प्रहरीको मनोबल अत्यन्त खस्किएको छ । सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ।’ 

उनले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराए । गम्भीर अपराधका कैदी फरार र हजारौँ हातहतियार समेत समाजमा रहेको भन्दै डा.कोइरालाले यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा शंका व्यक्त गरे । निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको स्मरण पनि उनले गराए। 

सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेको भनाई नेता कोइरालाको थियो। 

‘निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने महत्त्वपूर्ण प्रश्न हो,’ उनले भने। 

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, पुस १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्