Kathmandu Press

बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दबाब सह्य हुँदैन : अध्यक्ष कोइराला

उनले बैंकिङ क्षेत्र ५० हजार नेपालीलाई रोजगारी दिएको भन्दै राजनीति स्वार्थको लागि यो क्षेत्रमा असर पुर्याउने काम नगर्न अनुरोध गरेका छन्।
बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दबाब सह्य हुँदैन : अध्यक्ष कोइराला

काठमाडौं, पुस १४ : नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनै प्रकारको असहजता हुन नहुने बताएका छन्।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक छलफल कार्यक्रममा उनले बैंकिङ क्षेत्र ५० हजार नेपालीलाई रोजगारी दिएको भन्दै राजनीति स्वार्थको लागि यो क्षेत्रमा असर पुर्याउने काम नगर्न अनुरोध गरेका छन्।

Hardik ivf

‘आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनैपनि प्रकारको असहजता र पछिल्लो समयमा भएका घटनाहरु हुनु भएन। हामी यसको विरोध गर्छौं। ५० हजार नेपालीलाई नै रोजगारी दिएर बसेको बैंकिङ क्षेत्रमा राजनीतिक अवरोध नगर्न अनुरोध गर्दछु,’ उनले भने।

यस्तै, उनले राजनीतिक विषयमा कुनै चासो नभएपनि राजनीति बढाउने क्रममा बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि धरपकडहरु, धम्की आउने गरेको भन्दै यसलाई सहेर नबस्ने बताए।

‘राजनीतिसँग हाम्रो कुनै लेनदेन पनि छैन। कसले कसरी राजनीति गर्छ भन्ने कुरामा त्तिा चासो पनि राख्दैनौं। तर राजनीति बढाउने क्रममा बैंक तथा वित्तिय संस्थाका कर्मचारी साथीहरुमाथि कुनैपनि प्रकारका धरपकडहरु हुन्छन्, धम्की र त्रास हुन्छ, कालोमोसो दलिन्छ भने बैंकर्सहरु पनि त्यसलाई सहेर बस्दैनन्,’ अध्यक्ष कोइरालाले भने।


 

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्