सुनको मूल्य हालसम्मकै उच्च
बिहीबार २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको शुक्रबार २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ।
काठमाडौं, पुस ११ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको हो।
योसँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ। बिहीबार २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको शुक्रबार २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ४ हजार ४ सय रुपैयाँ कायम भएको चाँदी बढेर आज तोलामा ४ हजार ५ सय ६५ रुपैयाँ भएको कायम छ। यो हालसम्मकै उच्च मूल्य हो।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, पुस ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












