Kathmandu Press

गोकर्णेश्वरमा कोरोना संक्रमित भेटिएपछि  किसिगाल क्षेत्र सिल

काठमाडौं, जेठ ७ : गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना संक्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ। अर्थ ....

गोकर्णेश्वरमा कोरोना संक्रमित भेटिएपछि  किसिगाल क्षेत्र सिल
Hardik ivf

काठमाडौं, जेठ ७ : गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना संक्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ। अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय संक्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवादेखि काठमाडौं आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले बताए।

मंगलबार राति प्राप्त पीसीआरको प्रतिवेदनमा उनलाई संक्रमणको पुष्टि भएको थियो। संक्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा पहिलोपटक कोरोना संक्रमण प्रमाणित भएको हो।

नगर स्वास्थ्य समितिको आजै बैठकबाट संक्रमितको परिवारका सदस्यलाई  पीसीआर परीक्षण गर्ने तयारी भएको नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। संक्रमितको सम्पर्कमा आएका परिवार बाहिरका व्यक्तिको भने आरडिटी परीक्षण गरिने जनाइएको छ। नगरपालिकामा संक्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ।

प्रकाशित मिति: १३:४० बजे, बुधबार, जेठ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्