सुनको मूल्य तोलामै ५५ सय बढ्यो
तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको सुन नेपाली बजारमा आज २ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ।
काठमाडौं, पुस ८ : नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ। सोही क्रममा मंगलबार तोलामा ५ हजार ५ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएका छ।
तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको सुन नेपाली बजारमा आज २ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ।
सुनको मूल्य सोमबार २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो। यो मूल्य हालसम्मकै उच्च थियो।
यस्तै, चाँदीको मूल्य पनि उकालो यात्रामै छ। आज प्रतितोला २० रुपैयाँ मूल्य चाँदी ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। यो पनि कीर्तिमानी मूल्य छ।
प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












