Kathmandu Press

अदालत पुगेका रवि भन्छन्– ओलीले लगाएको गुन तिर्न अएको हुँ

सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए।
अदालत पुगेका रवि भन्छन्– ओलीले लगाएको गुन तिर्न अएको हुँ

काठमाडौं, पुस ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन्।

सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए।

‘गुन लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही गुन तिर्न आइराखेको छु। सबै जिल्ला अदालतमा जानुपर्ने छ। ठाउँठाउँमा वा जिउँमा किला ठोकेको जस्तो भएको छ। सात दिन भित्र सबै अदालत हाजिर हुनुपर्नेछ। विष अझै बाँकी छ शरीरमा, त्यसको लागि तयारी गरिरहेको छु,’ उनले भने।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, पुस ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्