Kathmandu Press

म्यादभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली अख्तियार पठाउने तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयका प्रतिनिधिलगायत सरोकारवाला निकायको समन्वयमा बसेको समिक्षात्मक बैठकमा राष्ट्रिय किताबखानाले उक्त जानकारी दिएको हो। 
म्यादभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली अख्तियार पठाउने तयारी

काठमाडौं, पुस ७ : तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयका प्रतिनिधिलगायत सरोकारवाला निकायको समन्वयमा बसेको समिक्षात्मक बैठकमा राष्ट्रिय किताबखानाले उक्त जानकारी दिएको हो। 

Hardik ivf

किताब खानाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व भएका ७२ हजार २१४ मध्ये ६८ हजार ९८४ ले सम्पत्ति विवरण बु्झाएका छन् । तीन हजार २३० (४.४ प्रतिशत) कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्।
 
सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान र सतर्कता केन्द्रमा पठाइने छ। 

किताबखानाले दश वर्षदेखि पीआईएस प्रणालीमा अद्यावधिक नभएको, सम्पत्ति विवरण बुझाएको नपाइएको र सम्पर्क स्थापित हुन नसकेका कुल एक हजार २६५ कर्मचारीको विवरण प्रणालीबाट हटाएको जनाएको छ। निजामती किताब खानाले निवृत्त कर्मचारीको भौतिक उपस्थिति नचाहिने गरी ‘फेसलेस सर्भिस’ सुरु गर्ने तयारी समेत गरेको छ। 

यस्तै, ‘ई–पेन्सन सेवा’ सुरु गर्ने कार्यक्रम पनि अघि बढाइएको छ। 


 

प्रकाशित मिति: १५:२४ बजे, सोमबार, पुस ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्