Kathmandu Press

मधेश प्रदेशको सभामुख पदमा यादव निर्वाचित

आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा प्रदेश सभामुख पदका लागि निर्वाचन सम्पन्न भएको हो। निर्वाचनमा यादवको पक्षमा ७२ मत खसेको छ। 
मधेश प्रदेशको सभामुख पदमा यादव निर्वाचित

जनकपुरधाम, पुस ६ : मधेश प्रदेशसभाको सभामुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्। 

आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा प्रदेश सभामुख पदका लागि निर्वाचन सम्पन्न भएको हो। निर्वाचनमा यादवको पक्षमा ७२ मत खसेको छ। 

बैठकमा ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा २४ जनाले यादवको विपक्षमा मतदान गरेका थिए। 

प्रदेशसभामा रिक्त रहेको सभामुख पदका लागि जसपा नेपालकोतर्फ बाट यादव र नेकपा एमालेको तर्फबाट त्रिलोकी प्रसादको उम्मेदवारी परेको थियो।
 
प्रकाशित मिति: १७:०१ बजे, आइतबार, पुस ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्