सर्वोच्चमा बुझाउन कांग्रेस–एमालेका तत्कालिन १४६ सांसदको हस्ताक्षर तयार
संसद् पुनस्थापनाको माग गर्दै एमाले र कांग्रेसका तर्फबाट दायर रिटमा यसअघि सर्वोच्चले राष्ट्रपति कार्यालय, सरकारलगायत विपक्षीसँग लिखित जवाफ माग गरिसकेको छ। यसबाहेक १६ वटा भिन्नै रिट निवेदन पनि सर्वोच्चमा दायर भएका थिए।
काठमाडौं, पुस ६ : संसद् पुनःस्थापनाको मागसहित रिट दायर गरेका नेपाली कांग्रेस र एमालेले यसैसाता विघटित प्रतिनिधिसभाका सदस्यहरुको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने तयारी गरेका छन्।
नेपाली कांग्रेसबाट ६८ र नेकपा एमालेबाट ७८ सांसदको हस्तक्षरसहित सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउने तयारी भएको हो । हस्ताक्षर चाँडै सर्वोच्चमा बुझाउने तयारीमा रहेको हस्ताक्षरकर्ता तत्कालिन सांसदको भनाई छ।
संसद् पुनस्थापनाको माग गर्दै एमाले र कांग्रेसका तर्फबाट दायर रिटमा यसअघि सर्वोच्चले राष्ट्रपति कार्यालय, सरकारलगायत विपक्षीसँग लिखित जवाफ माग गरिसकेको छ। यसबाहेक १६ वटा भिन्नै रिट निवेदन पनि सर्वोच्चमा दायर भएका थिए।
एमालेले संविधानविपरित गठन भएको सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन भएको भन्दै रिट दिएको थियो। त्यसलगत्तै कांग्रेसका सांसदले पनि संसद पुनस्र्थापनाको माग राखेर रिट दिएका थिए।
रिटमा प्रतिनिधि सभा विघटन बदर गरी ठूलो दलको संसदीय दलका नेताका हैसियतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने माग कांग्रेसले गरेको छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीकै सिफारिसमा संसद् विघटन भएको हो।












