Kathmandu Press

नेप्से परिसूचकमा १९ अंकको गिरावट

आज नेप्से परिसूचक १९ दशमलव ९२ अंकले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो।
नेप्से परिसूचकमा १९ अंकको गिरावट

काठमाडौं, पुस ६ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ९२ अंकले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो।

आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री हुँदा चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार भनेको नेप्सेले जनाएको छ। 

आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक घटेको छ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकाश बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, पुस ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्