Kathmandu Press

संस्कृत विश्वविद्यालयका उपकुलपति डा.नेपालमाथि कालो मसी छ्यापियो 

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ। संलग्नको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ। 
संस्कृत विश्वविद्यालयका उपकुलपति डा.नेपालमाथि कालो मसी छ्यापियो 

दाङ, पुस ६ : नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई कालो मसी छर्केर दुव्र्यवहार गरिएको छ।

नेपाललाई ५–६ जनाको समूहमा आएको अज्ञात समूहले ‘क्वाटर’ मा पुगेर दुव्र्यवहार गरेको हो। अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ। संलग्नको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ। 

वाल्मिकी विद्यापीठमा ज्योतिषशास्त अध्यापनरत नेपाल यसअघि संस्कृत विश्वविद्यालयमा परीक्षा नियन्त्रकसमेत थिए। यस्तै, नेपाल नेपाल ज्योतिष परिषदको वरिष्ठ सल्लाहकार तथा वाल्मिकी विद्यापीठ ज्योतिष विभाग प्रमुख पनि भइसकेका थिए।

नेपालमाथि कालो मसी छ्यापेर अज्ञात समूह भागेको थियो । कालो मसी छ्याप्नाको ठोस कारण भने खुलाइएको छैन । जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठ, डीएसपी शाहसहितको टोली घटनास्थल पुगेको छ। 

प्रकाशित मिति: १५:०२ बजे, आइतबार, पुस ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्