मधेस प्रदेशको सभामुख पदमा मत हाल्न सत्तारुढ दलको ‘ह्विप’
गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवको पक्षमा मतदान गर्न ह्विप जारी भएको हो।
काठमाडौं, पुस ६ : मधेस प्रदेशको रिक्त सभामुख पद चयनका सत्तारुढ दलले ह्विप जारी गरेका छन्।
गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवको पक्षमा मतदान गर्न ह्विप जारी भएको हो। सभामुख पदका लागि आज निर्वाचन हुँदै छ।
सभामुख पदका लागि नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले पनि उम्मेदवारी दिएका छन् । कांग्रेससहितका सत्तारुढ दलहरुले यादवको पक्षमा मतदान गर्न आ–आफ्नो संसदीय दलमार्फत ह्विप जारी गरेका हुन्।
यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक छन्।
एमालेका उम्मेदवार त्रिलोकीको समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेका छन्।
प्रकाशित मिति: १४:५५ बजे, आइतबार, पुस ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












