Kathmandu Press

‘भ्रष्टाचार अन्त्यका लागि ध्यान र योगमा जोड दिऔं’

भ्रष्टाचारीहरुको मनलाई पनि घमण्डीहरुको मन, लोभीपापीहरुको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको योग र ध्यानलाई देखेको उनले बताए। 
‘भ्रष्टाचार अन्त्यका लागि ध्यान र योगमा जोड दिऔं’

काठमडौं, पुस ६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने बताएका छन्।

विश्व ध्यान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमा उनले योग र ध्यानमार्फत् मनलाई शान्त र शुद्ध पार्नुपर्ने बताए। भ्रष्टाचारीहरुको मनलाई पनि घमण्डीहरुको मन, लोभीपापीहरुको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको योग र ध्यानलाई देखेको उनले बताए। 

‘जति पनि भ्रष्टचारीहरु छन् भन्छौं हामी उनीहरुको मन भ्रष्ट छ, शुद्ध छैन। उनीहरुमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरु जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो’, मन्त्री पुनले भने, ‘त्यसको औषधि बनेको पनि छैन । बन्दा पनि बन्ने छैन । तर त्यसको औषधिको रुपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैलाउन सक्नुपर्छ। टोलटोलमा फैलाउनसके भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु।’

योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास गर्न उनले आह्वान गरे। योग, ध्यानलाई विद्यालयको अतिरिक्त क्रियाकलापमा समावेश गर्नुपर्ने पनि उनले बताए।


 

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, पुस ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्