सुनको मूल्य घट्दा चाँदीको मूल्यमा रेकर्ड
आज १०० रुपैयाँले बढेर ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
काठमाडौं, पुस ६ : साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रूपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ।
शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो।
सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यमा भने रेडर्क कायम भएको छ। शुक्रबार तोलामा ४ हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १०० रुपैयाँले बढेर ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
प्रकाशित मिति: ११:४० बजे, आइतबार, पुस ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












