Kathmandu Press

अर्जुनचौपारी गाउँपालिकामा बृहत् स्वास्थ्य शिविर 

अर्जुनचौपारी गाउँपालिका १ स्थित अर्जुनचौपारी गाउँपालिका गाउँ कार्यपालिकामा भएको सो शिविरमा ६ सय ३१ जना स्थानियले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यिमध्ये १ सय २० जना बिरामीहरुलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।
अर्जुनचौपारी गाउँपालिकामा बृहत् स्वास्थ्य शिविर 

काठमाडौं, पुस ६ : खुमा अर्याल फाउन्डेसन स्याङ्जा र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना एवम् गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा पौष ५ गते शनिबार विशेषज्ञ सहितको बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

अर्जुनचौपारी गाउँपालिका १ स्थित अर्जुनचौपारी गाउँपालिका गाउँ कार्यपालिकामा भएको सो शिविरमा ६ सय ३१ जना स्थानियले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यिमध्ये १ सय २० जना बिरामीहरुलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।

Hardik ivf

शिविरमा हाडजोर्नी तथा नशा रोग परिक्षण, मुटु रोग परिक्षण, आँखा, नाक, कान तथा घाँटी रोग परिक्षण, स्त्री तथा प्रसुती रोग परिक्षण, रेडियोलोजी सेवा, बाल रोग परिक्षण, दन्तरोग परिक्षण, छाला रोग परिक्षण सेवा उपलब्ध रहेको थियो । 

शिविरको प्रमुख अतिथिमा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, विशिष्ट अतिथिमा उपाध्यक्ष सपना गुरुङ, वरिष्ठ उद्यमी तथा समाजसेवी खुमा प्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै, संस्थाका अध्यक्ष लेखनाथ शर्माले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको भने सस्थापक परिवार सदस्य डा लुना अर्यालले सेवाहरुको बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्य संस्थाका स्वयमसेविका, पालिका भित्रको चेन्ज मेकर क्लबका विद्यार्थीहरु, पत्रकार, विभिन्न संघ संस्थाका पदाधिकारी, प्रतिनिधीहरु लगायतको सक्रिय सहभागिता र महत्त्वपूर्ण भुमिका रहेको थियो । 
 

प्रकाशित मिति: ०८:२३ बजे, आइतबार, पुस ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्